KAVYA SCHOOL | काव्य स्कुल

काव्य जन्मदिन कोषबाट खोटाङ्गको विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री

काठमाडौं, माघ । नयाँबानेश्वरको काव्य स्कुलमा अध्ययनरत विद्यार्थीहरुको जन्मदिन कोषमा जम्मा भएको रकमबाट खोटाङ्ग जिल्लाको ऐंसेलुखर्कमा रहेको सामुदायीक विद्यालय त्रिभुवन माविको विज्ञान प्रयोगशालाको लागि आवश्यक सामाग्री प्रदान गरिएको छ । काव्य जन्मदिन कोषका अध्यक्ष एवम् विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले काव्य स्कुलमा आयोजित एक कार्यक्रममा त्रिभुवन माविका विज्ञान शिक्षक देवान सिंह राईलाई २५ हजार रुपैयाँबराबरको विज्ञान प्रयोगशाला सामाग्री तथा प्राथमिक उपचार सामाग्री सहितको प्राथमिक उपचार बाकस हस्तान्तरण गर्नुभयो ।


Date : 2018-01-23