KAVYA SCHOOL | काव्य स्कुल

काब्यद्धारा तारकेश्वारका विद्यार्थीलाई पोसाक तथा खेलकुद सामाग्री हस्तान्तरण

नुवाकोट, माघ ८ – बोर्डिङ स्कुलमा आज आयोजित एक कार्यक्रममा निकेल्स फर नेपाल र विष्णु बास्कोटा फाउण्डेशनलद्वारा तारुकाका दलित बस्तिमा विद्यार्थीलाई आवश्यक पर्ने युनिफ ता खेलकुद सामग्री हस्तान्तरण गरेको छ । नुवाकोट तारकेश्वर ३ अवस्थित श्री नमुना जनजागृति प्रा.बि स्कुलका १ सय २० जना विद्यार्थीलाई युनिफर्म, स्टेशनरी र खेलकुद सामाग्री स्कूलका प्र.अ अर्जुन वहादुर श्रेष्ठ र संयुक्त दलित अधिकार मञ्च–नेपाल,नुवाकोटका अध्यक्ष रामशरण मजकोटीलाई सामाग्री प्रदान गरिएको छ ।फाउण्डेशनले बिगत २०६४ साल देखि यस नमुना स्कूललाई ग्रामिण क्षेत्रकै एक नमुना बनाउने अभियान स्वरुप स्कुलको सुविधा समपन्न ५ कोठेशौचालय भवन, भुकम्पमा राहत साथै बार्षिक रुपमा विद्यार्थीलाई युनिफर्म, स्टेशनरी र खेलकुद सामाग्री प्रदान गर्दै आएको छ । तारुकाको एक दलित बस्थिमा अवस्थित नमुना जनजागृति स्कुलमा दलितका वालबालिका मात्र पठनपाठन गर्दै आएका छन् । काब्या बोर्डिङ स्कुलका प्रअ नवराज बास्कोटाको टिमले शिक्षाको पहुचमा आम दलित समुदायले कदम राख्न सहज वाातावरण बनाउदै उक्त स्कुलको शैक्षिक तथा जीणेदारमा लामो समय देखि निरन्तर रुपमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । साथै सामुादायक भवन निर्माण गर्ने योजना बताएका छन् ।


Date : 2018-01-26