KAVYA SCHOOL | काव्य स्कुल

शुक्रबारे गतिविधि

८ भदौ, २०८०

काव्य स्कुलका विद्यार्थीहरूले गत शुक्रबार विभिन्न सहपाठ्यक्रम र अतिरिक्त क्रियाकलापहरू मार्फत व्यवहारमा आधारित सिकाइ गतिविधिहरूको आनन्द उठाए। उनीहरु हरेक शुक्रबार आ–आफ्ना शिक्षकहरुद्वारा निर्देशित सीपमा आधारित सिकाइ कार्यक्रमका लागि क्लब गतिविधिहरु सहित विभिन्न गतिविधिमा संलग्न भए । केही विद्यार्थीहरू विभिन्न अतिरिक्त पाठ्यक्रम गतिविधिहरूमा संलग्न थिए जस्तै; बास्केटबल, क्रिकेट, फुटबल, तेक्वान्दो, नृत्यकला तथा चित्रकला, अभिनय तथा गायन लगायतका गतिविधिमा विद्यालय परिसर बाहिर पनि सहभागी भई सिकेका थिए । ‘बुक फ्री फ्राइडे’ एउटा काव्य परम्परा नै हो ।

आज शुक्रबार काव्य स्कुलका कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले छन्दोबद्ध कविता वाचन प्रतियोगितामा सहभागिता जनाए।विद्यालयको नेपाली विभागको आयोजनामा ​​छन्दोवद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको थियो । त्यसैगरी कक्षा १० का विद्यार्थीले पनि अंग्रेजी एक्सटेम्पोर स्पीच प्रतियोगितामा संलग्न भए । त्यसैगरी कक्षा १ देखि ३ का बिद्यार्थीहरुले कक्षाकोठा सरसफाई परियोजना, पेपर क्राफ्ट/ओरिगामी लगायत क्रियाकलापमा सहभागी भए । त्यसैगरी कक्षा चार र पाँचका विद्यार्थीहरूले राखी बनाउने, ध्यान गर्ने, परियोजना कार्य प्रस्तुतीकरणमा भाग लिएका थिए भने कक्षा सातका विद्यार्थीहरूले परम्परागत सिलाइ तथा बुनाइ सिकेका थिए। 

यसरी काव्य विद्यालयका सबै शुक्रबार विद्यार्थीहरूले विभिन्न सह-पाठ्यक्रम गतिविधिहरूका साथै व्यावहारिक सिप सिक्न पाउँछन्।

मिलिप अर्याल


Date : 2023-08-30